डिप्रोक्स लघुवित्तले प्रस्ताव गर्यो लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

डिप्रोक्स लघुवित्तले प्रस्ताव गर्यो लाभांश



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लागि लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको भदौ १७ गते विहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ६२ लाख ४८ हजारको आधारमा कम्पनीले कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

प्रकाशित : 2 September, 2021 1:21 pm