पोखराको लेकसाइडमा हिमालयन बैंकको विस्तारित काउन्टर संचालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पोखराको लेकसाइडमा हिमालयन बैंकको विस्तारित काउन्टर संचालनमा



काठमाडौं । हिमालयन बैंकले पोखरा महानगर–६ गौरीघाट लेकसाइडमा विस्तारित काउन्टर सुविधा सुरु गरेको छ ।

बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई लक्षित गरी उक्त विस्तारित काउन्टरबाट सार्वजनिक गरेको हो ।

उक्त विस्तारित काउन्टरबाट बिदा बाहेक अन्य दिनमा बिहान १० देखि अपराह्न ३ बजेसम्म ग्राहकले नगद तथा चेकबाट कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

विस्तारित काउन्टरले कुनै पनि व्यक्तिले हिमालयन बैंकमा विभिन्न बैंकिङ कारोबार गर्न सहजीकरण गर्नेछ ।

हाल बैंकले ७१ शखा, विस्तारित काउन्टर ५ र १४६ एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

प्रकाशित : १५ भाद्र २०७८, मंगलवार १४:५१