मेगा बैंकका ग्राहकहरुलाई ओम अस्पतालमा छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा बैंकका ग्राहकहरुलाई ओम अस्पतालमा छुट



काठमाडाै । मेगा बैंक नेपालका ग्राहकहरुलाई काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने सम्झौता भएको छ ।

मेगा बैंक नेपाल लिमिटेड र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १०.५० प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी, मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ ।

मेगा बैंकका ग्राहकहरुलाई यसअघि देखि नै काठमाडौँ लगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।

प्रकाशित : १२ भाद्र २०७८, शनिबार १२:२०