श्रम स्वीकृति लिनेको संख्या ६२ प्रतिशतले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

रोजगारी

श्रम स्वीकृति लिनेको संख्या ६२ प्रतिशतले घट्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको अन्त्यसम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा श्रम स्वीकृति लिनेको संखया ६२ प्रतिशतले घटेको देखिएको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६२.८ प्रतिशतले घटेका छन । अघिल्लो वर्ष यस्तो संख्या २०.५ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३४.७ प्रतिशतले घटेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा खुद ट्रान्सफर ९.१ प्रतिशतले वृद्धि भई १०७१ अर्ब ३५ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।

प्रकाशित : १० भाद्र २०७८, बिहीबार १७:३८