दोहोरो अंकले बढ्यो शेयर बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

शेयर बजार

दोहोरो अंकले बढ्यो शेयर बजार

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से १७.६० अंकले बढेर तीन हजार ९४ दशमलब ५ विन्दुमा पुगेको हो ।

त्यस्तै, आज १३ अर्ब ४२ करोड १९ लाख बराबरको कारोबार भएको छ । बुधबार १२ अर्ब ९ करोड २१ लाख बराबरको कारोबार भएका थियो । आज कारोबार भएका आठ समूह घटेका छन् भने अन्य समूह बढेका छन् ।

नेप्सेका अनुसार आज कारोबार भएका १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य घट्ने कम्पनीहरुमा नारायणी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो लिमिटेड, जीवन विकास लघुवित्त वित्तिय संस्था, खानीखोला हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, रिलायन्स फाइनान्स, मल्टिपर्पोज फाइनान्स कम्पनी, माउन्टेन इनर्जी नेपाल र सिनर्जी पावर कम्पनी रहेका छन् ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ९३ करोड भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १० भदौ २०७८, बिहिबार १५:२४ 26 August, 2021 3:24 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।