तेह्रथुम पावर कम्पनीको आइपिओ बुधबार देखि , क-कसले दिन पाउँछन् आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

तेह्रथुम पावर कम्पनीको आइपिओ बुधबार देखि , क-कसले दिन पाउँछन् आवेदन ?



काठमाडौं । तेह्रथुम पावर कम्पनीले भोलि (भदौ ९ गते, बुधबार) देखि सर्वसाधारण लगानीकर्ताका लागी प्राथमिक सेयर (आइपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोष र बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा भदौ २३ गतेसम्म आवेदन दिन मिति लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६० हजार कित्तासम्मका लागी आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ रेटिङ्गमा इक्रा नेपालले इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

यसअघि कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

प्रकाशित : 24 August, 2021 3:52 pm