साना किसान विकास लघुवित्तको सीईओमा पुनः कोइराला नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साना किसान विकास लघुवित्तको सीईओमा पुनः कोइराला नियुक्त



काठमाडौँ । काठमाडौँ तीनकुनेमा केन्द्रीय कार्यालय रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः डा. शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् ।

आज बसेको सञ्चालक समितिको बैठकले भदौ १४ गतेदेखि लागु हुने गरी दोस्रो कार्यकालका लागि कोइरालालाई नै सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव झलेन्द्र भट्टराईले जनाएका छन् ।

व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गरेका कोइरालासँग कृषि विकास बैंकमा २७ वर्ष काम गरेको अनुभव छ । उनी वित्तीय दिगो विकास एवं लघुवित्त विज्ञ मानिन्छन् ।

प्रकाशित : ८ भाद्र २०७८, मंगलवार १४:०२