सनराइज फस्ट म्युचुअल फण्डको बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज फस्ट म्युचुअल फण्डको बुक क्लोज कहिले ?



काठमाडौं । सनराइज फस्ट म्युचुअल फण्डले प्रस्ताव गरेको ५० प्रतिशत प्रतिफल प्रयोजनका लागि भदौ १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा भदौ १५ गतेसम्म कायम शेयरधनीहरु मात्र फण्डको प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।  

सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस फण्डले आर्थिक वर्ष ०७७/७८ को लागि कर समेत ५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । 

यस फण्डले ८ करोड ६० लाख इकाई विक्री गरेको हो । असार मसान्तसम्म यस फण्डको प्रतिइकाई खुद सम्पत्ति मूूल्य रू. १९ दशमलव २१ रहेको छ । यस अवधिसम्म फण्डले रू. ७६ करोड ८१ लाख २८ हजार नाफा गरेको छ ।

प्रकाशित : ८ भाद्र २०७८, मंगलवार ११:०२