
काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले आज (भाद्र ५ गते) चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमको शुभारम्भ गरेको छ ।
सामुदायिक विद्यालयबाट उच्च शिक्षा अध्ययन गर्ने आर्थिक रुपले विपन्न, जेहेन्दार र सामाजिक रुपमा पछि परेका वर्गकालाई छात्रवृति प्रदान गरिने संस्थाले जनाएको छ ।
संस्था, यसका सदस्य, विभिन्न निकायहरुको योगदानमा १ करोडको छात्रवृत्ति कोष स्थापना गर्ने र हाललाई कक्षा ११ र १२ अध्ययन गर्नको लागि उक्त छात्रवृत्ति प्रदान गर्ने जनाइएको छ ।
संस्थाले स्नातकोत्तर सम्म अध्ययन गर्न उक्त छात्रवृत्ति प्रदान गर्ने उद्धेश्य लिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जनाए । छात्रवृत्ति कोष स्थापना संगै केही विद्यार्थीहरुलाई यसै वर्ष देखि छात्र वृत्ति प्रदान गरिने श्रेष्ठले बताए ।
हाल सम्म केही योगदान कर्ताहरुले उक्त छात्रवृत्ति कोषमा योगदान शुभारम्भ गरिसकेको र योगदानकर्ताको नाम समेत जोड्न सकिने एवं योगदान कर्ताले प्रदान गर्ने कुल छात्रवृत्ति संख्या मध्ये केही संख्या योगदानकर्ताकै सिफारिसमा समेत प्रदान गर्न सकिने प्रावधान उक्त छात्रवृत्ति कार्यविधिमा उल्लेख गरेको संस्थाले जनाएको छ ।






Comment