कुमारी इक्वीटी फण्डको प्रतिफल वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी इक्वीटी फण्डको प्रतिफल वितरण



काठमाडौं । कुमारी इक्वीटी फण्डले ५ प्रतिशत प्रतिफल वितरण गरेको छ । यस फण्डले कर सहित ५ प्रतिशत नगद लाभांश भदौ १ गतेदेखि वितरण गर्न सुरु गरेको हो ।

कोषले आर्थिक वर्ष ०७७/७८ को लागि उक्त प्रतिफल वितरण गरेको हो । प्रतिफल प्रयोजनका लागि फण्डले साउन २५ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा साउन २४ गतेसम्म कायम इकाईधनीहरुलाई फण्डले प्रतिफल वितरण गरेको हो । हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराउने इकाईधनीहरुलाई यथासिघ्र बैंक खाता अद्यावधिक गराई प्रतिफल सुरक्षित गर्न फण्डले आग्रह गरेको छ ।

फण्डले साउन १७ गते इकाईधनीहरुका लागि कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कुमारी सामूहिक लगानीकोष अन्तर्गत सञ्चालित बन्दमुखी प्रकृतिको यस फण्डले १० करोड इकाई विक्री गरी २०७७ साल चैत ५ गतेदेखि दश वर्षे योजना सञ्चालन गरिरहेको छ ।

प्रकाशित : ४ भाद्र २०७८, शुक्रबार ११:१३