जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न बन्देज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न बन्देज



काठमाडाै । जलविद्युत कम्पनीहरूले हकप्रद सेयर निष्कासन गर्न नपाउने भएका छन् । पछिल्लो समय जलविद्युत कम्पनीका प्रवद्र्धकहरुले हकप्रद सेयर निष्कासनको नाममा बजारमा अस्वभाविक मूल्य बढाउँदै सर्वसाधारण लगानीकर्ता फसाउने काम गरेपछि नियामक निकाय विद्युत नियमन आयोगले हकप्रद निष्कासनमा बन्देज लगाएको हो ।

आफुखुशी हकप्रद सेयर निष्कासनको सूचना निकाल्ने र त्यसबाट बजारमा मूल्य बढाएर लकिङ पिरियड सकिएका जलविद्युत प्रवद्र्धकहरु बाहिरिन थालेपछि आयोगले एक सूचनानै प्रकाशित गरेर हकप्रद निष्काशनमा रोक लगाएको हो ।

प्रकाशित : 19 August, 2021 6:40 pm