साउदलाई कम्पनी खोलेर सेयर काराेबारमा लाग्न झाक्रीको सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साउदलाई कम्पनी खोलेर सेयर काराेबारमा लाग्न झाक्रीको सुझाव



काठमाडौं । सांसद रामकुमारी झाँक्रीले नेप्सेका सिईओ चन्द्र सिह साउदलाई कम्पनी खोलेर सेयर कारोबारमा गर्न सुझाएकि छिन् । संसदको अर्थ समितिमा बोल्दै झाँक्रीले विनियमावली अनुसार कारोबार गरेको भन्न कसरि मिल्छ भन्दै प्रश्न गरिन ।‘आफु २५० मा सेयर किन्ने अनि लगानिकर्तालाई किन ७५० मा बेच्ने ?’याे भएन उनले भनिन् ।

नेप्सेका सिईओले श्रीमतिको नाममा सेयर किने पनि अर्थमन्त्रालयले कम्पनीलाई जानकारी गराउन माग गरेको भन्दै अर्थलाई स्पष्टीकरण सोध्नु उनको भनाई थियो ।


याे बिषय यतिक्कै छाेडन नहुने उनको भनाई छ । सेयर बजारका फ्रन्टलाइन नियामक नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदकी श्रीमतिको नाममा समेत उक्त कम्पनीको सेयर खरिद भएको पाइएको थियो ।

प्रकाशित : ३२ श्रावण २०७८, सोमबार १३:२८