नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ३ अर्ब ६५ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ३ अर्ब ६५ करोड



काठमाडाै‌ । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म असार मसान्तसम्ममा बैंकले ३ अर्ब ६५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.६९ प्रतिशत बढी हो।

बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी घटेको छ भने खुद नाफा बढेको छ। बैंकको खुद ब्याज आम्दानी घटेपनि अन्य इम्पेरमेन्ट चार्ज घटेपछि खुद नाफा बढ्न पुगेको हो। बैंकको खुद व्याज आम्दानी ३.२० र फि तथा कमिसन ६.७३ प्रतिशतले घटेको छ ।

बैंकको सञ्चालन मुनाफा ४९.५० प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँबाट घटेर ३७ करोड ७९ लाख रुपैयाँमा झरेको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी आम्दानी ५ रुपैयाँ ४५ पैसा बढेर २२ रुपैयाँ ४६ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०।३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ४८ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १४.०९ प्रतिशत बढेको छ भने जगेडा कोष २३.८७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ४.९३ प्रतिशत र कर्जा १६.१५ प्रतिशत बढेको छ। हिमालयन बैंकसँग मर्जमा अन्तिम सम्झौता गरेर कार्तिक १ गतेदेखि एकिकृत कारोबार गर्ने तयारीमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकका नाममा वित्तीय विवरण प्रकाशित हुने यो नै अन्तिम हो ।

प्रकाशित : ३० श्रावण २०७८, शनिबार १३:०८