एनआईसी एशिया बैंकको नाफा ३ अर्ब २५ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया बैंकको नाफा ३ अर्ब २५ करोड



काठमाडौं । एनआईसी एशिया बैंकले गत आ.व. २०७७/७८ मा व्यवसायमा ऐतिहासिक वृद्धि गरी अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ । यस बैंकले आ.व. २०७७/७८ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरणमा बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको छ भने बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहपूर्ण रहेका छन् ।

आ.व. २०७७÷७८ मा व्यवसायतर्फ हासिल गरेको वित्तीय नतिजा नेपालको समग्र बैंकिङ्ग क्षेत्रकै ऐतिहासिक र हालसम्मको सर्वाधिक उच्च हो । आ.व. २०७७/७८ मा यस बैंकले कर्जातर्फ करिब रू. ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम रू. २६५ अर्ब पु¥याउन सफल भएको छ ।

जुन २७ वटै वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै हो । मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब रू. ७१९ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको सर्वाधिक उच्च (१२.६६ प्रतिशत) बजार हिस्सा रहेको छ । आर्थिक वर्ष ०७७÷७८ मा वाणिज्य बैंकहरुमा भएको कुल कर्जा वृद्धिको औसत प्रति बैंक कर्जा वृद्धि रकम करिब रू. २४.१५ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ३.७६ गुणा रहेको छ ।

यसैगरी बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब रू. ९० अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन रू. २९८ अर्ब पु¥याउन बैंक सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै भएको बैंकले दावी गरेको छ ।

मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब रू. ६५५ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १३.५८ प्रतिशत रहेको छ । आर्थिक वर्ष ०७७÷७८ मा वाणिज्य बैंकहरुमा भएको निक्षेप वृद्धिको औसत प्रति बैंक निक्षेप वृद्धि करिब रू. २१.७३ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ४.१४ गुणा रहेको छ ।

बैंकले आ.व. २०७७÷७८ मा रू. ३ अर्ब २५ करोड खुद मुनाफा आर्जन गरेको छ भने वार्षिक प्रतिशेयर आम्दानी रू.२८.११ पु¥याएको छ । त्यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल (आरओइ) १७.१४ प्रतिशत रहेको छ जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी भएको अनुमान बैंकले गरिएको छ ।

आ.व. २०७६÷७७ को अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई आ.व. २०७७÷७८ को चौथो त्रयमाससम्ममा ०.४६ प्रतिशतमा झार्न बैंक सफल भएको बैंकले जनाएको छ । साथै, गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ । साना तथा मझौला र कृषि कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको छ ।

कुल कर्जा अंश बैंकको कुल कर्जाको ३.७ प्रतिशत मात्रै रहेको छ र सो समग्र बैंकिङ्ग क्षेत्रकै सबैभन्दा उत्कृष्टमा पर्दछ । साथै, बैंकको कर्जा जोखिम अत्यन्त न्यून रहेको छ । यस बैंकको कुल कर्जामा रू. ५ करोड भन्दा कम सीमा भएका कर्जाहरूको अंश ९०.५६ प्रतिशत रहेको छ । बैंकले निक्षेपतर्फ पनि स–साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरेको छ ।

बैंकले आ.व. २०७७÷७८ मा ४६६,४९५ नयाँ ग्राहक संख्या थप गर्दै २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी बैंकको कुल २८ लाख २७ हजार भन्दा बढी खाताहरू मार्फत ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : ३० श्रावण २०७८, शनिबार १२:१९