सुनको मूल्य कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुनको मूल्य कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार दुई सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार सात सय ५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य १२१५ मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२०५ कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : 10 August, 2021 11:33 am