कामना सेवा विकास बैंक र सिडिएससिबीच निक्षेप सदस्यता सम्बन्धी सम्झैाता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कामना सेवा विकास बैंक र सिडिएससिबीच निक्षेप सदस्यता सम्बन्धी सम्झैाता



काठमाडौं । कामना सेवा विकास बैंक र सिडिएससिबीच निक्षेप सदस्यता सम्बन्धी सम्झैाता सम्पन्न भएको छ । कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले र्सवसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ ।

पुतलीसडक स्थित सिडिएससिको कार्यलयमा एक कार्यक्रमका बिच सिडिएससिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आर्चाय र बैैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

हाल सिडिएससिबाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शीघ्र संञ्चालनमा ल्याउने योजना बनाएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारीत शाखा लगायत ७० वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

यस बैंकले Social Media Banking, KS iMobile, जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सरल, सहज र उत्कृष्ट बैकि¬ङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : २४ श्रावण २०७८, आईतवार १६:४१