सिभिल लघुवित्तको नयाँ शाखा काठमाडौंको शेषमतिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिभिल लघुवित्तको नयाँ शाखा काठमाडौंको शेषमतिमा



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाडौंको तारकेश्वर नगरपालिकाको शेषमतिमा थप एक नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालय सहित २९ जिल्लामा ६४ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै संस्थाले विपन्न वर्गका समुदायहरुको समृद्धिमा टेवा पु¥याउने उद्धेश्यका साथ आफ्नो सेवाहरु ५१ हजार घर परिवारमापुर्याएको छ ।

प्रकाशित : २४ श्रावण २०७८, आईतवार १३:४९