एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको १० दशमलव ५३ प्रतिशत लाभांशका लागि शेयर कायम गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारित गर्न साउन २१ गते १५ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । उक्त सभा प्रयोजनका लागि साउन १४ गते एक दिन बुक क्लोज गर्ने भएकाले साउन १३ गते लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको हो ।

कम्पनीले यस वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९ करोड ६३ लाख ७६ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश प्रस्ताव गरेको हो । गत वर्ष कम्पनीले ७ प्रतिशत बोनस शेयर र शून्य दशमव ३७ प्रतिशत नगद लाभांश गरी कुल ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित : १३ श्रावण २०७८, बुधबार १०:५९