मुक्तिनाथ विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन



काठमाडाैं । मुक्तिनाथ विकास बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज साउन १२ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन ७ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो ।

बैंकले १ हजार अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४÷८५’ निष्काशन गरेको हो ।

जस मध्ये १ अर्ब २५ करोड ऋणपत्रको ६० प्रतिशत (अर्थात रू. ७५ करोड) व्यक्तिगत तवर प्राइभेट प्लेसमेन्ट मार्फत् र ४० प्रतिशत ( ५० करोड) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधि मार्फत् निष्काशन गरिएको हो। अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने यस ऋणपत्रको अवधि ७ वर्षको हुनेछ ।

आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ताको लागि दिनु पर्ने छ । ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा सूचिकरण गरिने छ ।

प्रकाशित : १२ श्रावण २०७८, मंगलवार १०:४१