एभरेष्ट बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन खातामा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन खातामा कति ?



काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागूहुने गरि विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

नयाँ ब्याजद अनुसार बचत खातामा २.५० प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याज दिने छ । बैंकको मुद्दति निक्षेपको व्याज ६ प्रतिशतदेखि ७.५ प्रतिशतसम्म तोकिएको छ । त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदरमा अधिकतम ५ प्रतिशत देखि न्यूनतम १.२५ प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ ।

प्रकाशित : ४ श्रावण २०७८, सोमबार ११:४४