सामूहिक राजीनामा दिएर पुन निर्माण प्राधिकरणका प्राविधिक आन्दोलनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सामूहिक राजीनामा दिएर पुन निर्माण प्राधिकरणका प्राविधिक आन्दोलनमा



काठमाडाै । राष्ट्रिय पुन निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरूले सामूहिक राजीनामा दिएका छन् । शुक्रवार राष्ट्रिय पुन निर्माण प्राधिकरणस् प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुविधाहरूबाट पूर्ण वञ्चित गराइएको भन्दै ३२ जिल्लाका प्राविधिकहरूले सामूहिक राजीनामा दिएको बताइएको छ ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा राजीनामा बुझाउँदै उनीहरुले नाराबाजी गरेका थिए । प्लेकार्डसहित नाराबाजी गरेपछि केही प्राविधिकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्राधिकरणले दिने भनिएको सुविधाहरूबाट वञ्चित गराउँदा चरणबद्ध आन्दोलन गरेको महिनौँ बितिसक्दा पनि मागहरू पुरा नहुने देखेपछि बाध्य भएर आन्दोलन गर्दै राजीनामा बुझाउनु परेको समितिले जनाएको छ । इन्जिनियर, ओभरसियर र सब ओभरसियरलगायतका ३२ जिल्लाका प्राविधिकले सामूहिक राजीनामा दिएका हुन् ।

प्रकाशित : ११ असार २०७८, शुक्रबार १५:१८