काठमाडाैं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ करोड २८ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको हो।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ सर्वसाधारण (संस्थाका कर्मचारी र सामूहिक लगानी कोषसमेत) का लागि निष्कासन गर्ने भएको हो। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
पर्वतको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको यो संस्था नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था हो । संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । संस्थापक समूहको ७० प्रतिशत सेयर रहेको संस्थामा दुईवटा संस्था र ८१ जना संस्थापक सेयरधनीबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँबराबरको शेयरपुँजी चुक्ता भइसकेको छ ।
Comment