उपत्यकामा जेठ २० गतेदेखि निषेधाज्ञा खुकुलो बनाउने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

उपत्यकामा जेठ २० गतेदेखि निषेधाज्ञा खुकुलो बनाउने तयारी



काठमाडौं उपत्यकामा जेठ २० गतेदेखि निषेधाज्ञा खुकुलो बनाउने तयारी गरिएको छ ।

पछिल्लो एक सातायता उपत्यकामा संक्रमण र मृत्युदर दुवै घट्दो क्रममा रहेको र निषेधाज्ञाले जनजीवन प्रभावित भएको भन्दै निषेधाज्ञा खुकुलो पार्ने विषयमा सरोकारवाला निकाय सकरात्मक बनेको हो ।

उपत्यकामा निषेधाज्ञा लागु गरिएको आइतवार एक महिना पुगेको छ । कोरोना संक्रमणको भयावह अवस्था न्यूनीकरण गर्न भन्दै जेठ २० गतेसम्म निषेधाज्ञा जारी छ । पछिल्लो पटक लगाइएको निषेधाज्ञामा अझ कडाइ गरिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले वैशाख २० गतेदेखि जेठको पहिलो सातासम्म अवस्था निकै भयावह रहेकोमा अहिले सुधार भएको बताउनुभयो । अक्सिजन, बेड, अस्पताल नपाएको जस्ता गुनासो अहिले नरहेको उहाँको भनाइ छ ।

अब विस्तारै स्वास्थ्य मापदण्डमा कडाइ गरेर निषेधाज्ञा केही सहज बनाउनुपर्नेमा आफू सहमत रहेको प्रजिअ पराजुलीले बताउनुभयो । तर, अहिले नै संक्रमणको अवस्था कस्तो हुन्छ भनेर पूर्वानुमान गर्न नसकिने उहाँको भनाइ छ ।

नागरिकलाई सधैं घरभित्र थुनेर राखेर मात्र समस्याको समाधान नहुनेमा आफू जानकार रहेको पराजुलीले बताउनुभयो । नागरिक आफैं सचेत भए परिस्थिति सहज हुने उहाँको भनाइ छ ।जनतासमाचारडटकमबाट

प्रकाशित : १६ जेष्ठ २०७८, आईतवार १९:३८