पैसाको जोहो गर्दै गर्नुस् , ४ अर्ब ४६ करोड आइपिओ आउदै छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

पैसाको जोहो गर्दै गर्नुस् , ४ अर्ब ४६ करोड आइपिओ आउदै छ



काठमाडाै । विभिन्न क्षेत्रका १६ वटा कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनको (आइपीओ) बिक्रीको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । हाल विभिन्न १६ वटा कम्पनी ४ अर्ब ४६ करोड ७७ लाख ६३ हजार ४ सय रुपैयाँ बराबरको ४ करोड ४६ लाख ७७ हजार ६ सय ३४ कित्ता आईपीओ निष्कासन गर्न बाेर्डकाे स्वीकृती हुँन बाँकी नै छन् ।

  • मानुसी लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ ।
  • दोर्दी खोला जलविद्युत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २९ करोड ५१ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको २९ लाख ९२ हजार ९२९ कित्ता साधारण सेयर
  • हाइड्रोपावर क्षेत्रकै साहस उर्जा कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयका लागि १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर
  • आयोजना प्रभावित स्थानीय र सर्वसधारणका लागि गरेर सयपत्री हाइड्रोपावर कम्पनीले ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता साधारण सेयर
  • अपर सोलु हाइड्रो इलेक्ट्रोसिटी कम्पनीले ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५०० कित्ता साधारण सेयर
  • हाइड्रोपावर क्षेत्रकै हिमालयन हाइड्रोपावरले २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता
  • बुद्ध भूमी हाइड्रोपावरले १२ करोड रुपैयाँको १२ लाख कित्ता
  • बलेफी हाइड्रोपावरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँको ३६ लाख ५५ हजार ९४० कित्ता
  • हाइड्रोपावर क्षेत्रकै ग्रिन भेञ्चर्सले ६२ करोड ५० लाख बराबरको ६२ लाख ५० हजार कित्ता साधारण सेयर
  • डिस मिडिया नेटवर्कले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता
  • लघुवित्त क्षेत्रको मनकामना स्मार्ट लघुवित्तले ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता साधारण सेयर
  • मैलुङ खोला जलविद्युत कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता
  • न्यादी हाइड्रोपावरको ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता
  • विन्धवासिनी हाइड्रोपावर कम्पनीको २५ करोड बराबरको २५ लाख कित्ता साधारण सेयर
  • सामलिङ पावर कम्पनीको १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता
  • लघुवित्र क्षेत्रको जीवन विकास लघुवित्तको १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता

प्रकाशित : १६ जेष्ठ २०७८, आईतवार १६:१२