काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । नेप्सेमा १७ अर्ब २ करोड ८४ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि नेप्सेमा २०७८ जेठ १३ गते बिहिबार १४ अर्ब ७६ करोड ८८ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो ।
आज नेप्से १२.५४ अंकले बढेर दुई हजार आठ सय २७ दशमलब ९३ विन्दुमा पुगेकोे छ भने आज कारोबार भएका समूहमध्ये ६ समूह बाहेक अन्य समूह बढेका छन् ।
नेप्सेका अनुसार आज १८ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । त्यस्तै, आज बरुण हाइड्रोपावर कम्पनी र हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ ।





Comment