सहकारीमार्फत १० खर्बको कारोबार छ, तर पिएसओ, पिएसपीमा जोडिन पाइएको छैनः मिनराज कँडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

सहकारीमार्फत १० खर्बको कारोबार छ, तर पिएसओ, पिएसपीमा जोडिन पाइएको छैनः मिनराज कँडेल



मिनराज कँडेल, अध्यक्ष, राष्ट्रिय सहकारी महासंघ


६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रविधिमा सहकारीलाई जोड्न खोजिएको हो । गाइडलाइनको अन्तिम चरणमा छौं । वित्तीयका साथै उत्पादन र बजारीकरणमा पनि प्रविधि भित्र्याउँछौं ।


सहकारीलाई प्रविधिमैत्री बनाउन आवश्यक छ । क्यासलेस, चेक लेस हुँदै डिजिटल कारोबार बढ्ने क्रममा अहिले बढेको छ प्रविधि प्रयोग गर्दा समस्या नआयोस् भन्नेतर्फ सजग हुनुपर्ने छ । सहकारीमार्फत १० खर्बको कारोबार हुने गरेपनि पिएसओ, पिएसपीमा जोडिन पाइएको छैन यो दुःखको कुरा हो ।


राष्ट्र बैंक ऐनमा सहकारी समावेश गराउन लबिङमा छौं । पूर्णरुपमा डिजिटाइजेसनमा जान बाटो खोल्न आग्रह गरेका छौं ।सहकारीमार्फत प्रविधिमा जान बाटो खोल्नुपर्छ भनेर आवाज उठाएपनि सुनुवाइ भएको छैन । सहकारी विभागले बाटो खोल्नुपर्छ । रोक्न सक्ने अवस्थै छैन ।

भुक्तानी प्रणालीमा सहकारीलाई जोड्न भुक्तानी फच्र्र्छाैट ऐन नै संशोधन गर्नुपर्ने अवस्था छ । डिजिटाइजेसनमा जाँदा सहकारीको कारोबार पारदर्शी हुने भएकाले त्यसतर्फ विभागले ध्यान दिनुपर्छ ।

नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले आयोजना गरेको प्रविधिमा सहकारी विषय भर्चुअल अन्तरक्रिया कार्यक्रममा कडेलले राखेको धारणा

प्रकाशित : १४ जेष्ठ २०७८, शुक्रबार १७:३७