काभ्रे ।बिन्धवासिनी बचत तथा ऋण सहकारीले आपतकालिन अवस्थामा अक्सिजन ब्यवस्थापन गरिदिने भएको छ । कोरोना भाइरस कोभिड १९ पोजेटिभ भएका संस्थाका सदस्यलाई यस्तो ब्यवस्था गर्न लागेको हो ।
संस्थाले सदस्यमा कोरोना पोजेटिभ देखिएर अस्पतालमा भर्ना भएको समयमा तत्काल अक्सिजनको समस्या भए तुरुन्त संस्थाका कर्मचारीलाई सम्पर्क गर्न सकिने ब्यवस्था गरेको संस्थाका प्रमुख ब्यवस्थापक केबी लामाले जानकारी दिए ।
संस्थाले सदस्य तथा सदस्यको परिवारलाई तत्काल अक्सिजनको ब्यवस्थापन गर्न समस्या भएमा संस्थाका कर्मचारीलाई सम्पर्क गरे अक्सिजन उपलब्ध गराउने जनाएको हो ।
Comment