बैङ्कहरूले ल्याए नयाँ ब्याजदर, कुनको कति ? (हेर्नुहोस् सूचिसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैङ्कहरूले ल्याए नयाँ ब्याजदर, कुनको कति ? (हेर्नुहोस् सूचिसहित)



काठमाडौँ । बैङ्कहरूले धमाधम नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । बैङ्क तथा वित्तीय संस्थाले जेठ १ गतेबाट लागू हुने गरेर नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । वैशाख अन्तिम दिन नै केही बैङ्क तथा वित्तीय संस्थाले जेठ १ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । बैङ्कहरूमा लगानीयोग्य रकम कम भएपछि निक्षेप तान्न बैङ्कहरूले बचतमा आकर्षक ब्याज दिने गरेका छन्।

माछापुच्छ्रे बैङ्क

माछापुच्छ्रे बैङ्कले बचतको न्यूनतम ब्याज २प्रतिशत देखि अधिकतम ४ प्रतिशत सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीको ब्याज ७ प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्म बैङ्कको आधार दर ७.०९प्रतिशत छ । यसमा बैङ्कले ७ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा दिने बैङ्कले जनाएको छ । बैङ्कले स्थिर ब्याजदरको लागि न्यूनतम ९.८९प्रतिशत देखि अधिकतम १२.२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रभु बैङ्क

प्रभु बैङ्कले बचत खातामा न्यूनतम २प्रतिशत देखि अधिकतम ४प्रतिशत सम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ५.५०प्रतिशत र अधिकतम ७प्रतिशत सम्म ब्याजदर दिन्छ । बैङ्कको चैतसम्मको आधार दर ७.०६प्रतिशत छ । यसमा ५प्रतिशत सम्म प्रिमियम थप गरेर बैङ्कले कर्जा दिन्छ । स्थिर ब्याजदरको लागि न्यूनतम ९.९९प्रतिशत देखि अधिकतम ११.९९प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।

कुमारी बैङ्क

कुमारी बैङ्कले बचत खातामा न्यूनतम १.७५प्रतिशत देखि अधिकतम ३.७५प्रतिशत ब्याजदर तोकेको छ । बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५०प्रतिशत देखि ६.५०प्रतिशत सम्म ब्याजदर तोकेको छ । त्यसै गरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७प्रतिशत सम्म प्रिमियम तोकेको छ । बैङ्कको चैत महिनामा आधार दर ७.६३प्रतिशत छ । बैङ्कले न्यूनतम १०.५०प्रतिशत देखि अधिकतम ११प्रतिशत सम्ममा स्थिर कर्जा दिने जनाएको छ ।

मेगा बैङ्क

मागे बैङ्कले बचतको न्यूनतम २.७५प्रतिशत देखि अधिकतम ३.५०प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ७.२५प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्म बैङ्कको आधार दर ७.५९प्रतिशत छ । यसमा अधिकतम ५प्रतिशत सम्म प्रिमियम थप गरेर ऋण प्रवाह गर्ने मेगाको भनाई छ ।

एनआइसी एसिया बैङ्क

एनआइसी एसिया बैङ्कले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैङ्कले बचतमा १.५२ प्रतिशत ब्याजदर दिने जनाएको छ । बैङ्कले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा ६.५२प्रतिशत सम्म ब्याज पाइनेछ । चैत मसान्तसम्मको आधार दर ६.७७प्रतिशत छ । यसमा ७प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैङ्कले जनाएको छ । स्थिर कर्जाको लागि बैङ्कले १२.७७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

नेपाल एसबीआई बैङ्क

नेपाल एसबीआई बैङ्कले बचतको ब्याज २.५५प्रतिशत तोकेको छ भने व्यक्तिगत मुद्दतीको अधिकतम ७.५०प्रतिशत निर्धारण गरेको छ । यता, बैङ्कको चैत मसान्तसम्मको बेस रेट ७.४६ प्रतिशत छ । यसमा न्यूनतम १.५०प्रतिशत देखि अधिकतम ५प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैङ्कले जानकारी दिएको छ ।

नबिल बैङ्क

नबिल बैङ्कले बचतमा न्यूनतम १.५१प्रतिशत देखि अधिकतम ३.५१प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीमा अधिकतम ६.५१प्रतिशत ब्याज दिने भनेको छ । यो एक वर्षभन्दा बढी समयको मुद्दतीको ब्याजदर हो । ३ महिनाको मुद्दतीको ब्याजदर ५.०१प्रतिशत निर्धारण गरेको छ ।

यता, बैङ्कको चैत मसान्तसम्म बेस रेट ६.१८प्रतिशत छ । यसमा ७प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैङ्कले जनाएको छ । स्थिर ब्याजमा घर कर्जाको लागि बैङ्कले न्यूनतम ८.४९प्रतिशत देखि ११.५०प्रतिशत सम्म ब्याजदरमा कर्जा दिने बताएको छ ।

राष्ट्रिय वाणिज्य बैङ्क

राष्ट्रिय वाणिज्य बैङ्कले जेठ १ गतेदेखि लागू हुने गरेर बचतको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जस अनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५०प्रतिशत देखि ७.२५प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ५प्रतिशत देखि ६.५० प्रतिशत सम्म ब्याजदर हुनेछ । त्यसै गरी, बैङ्कले बचत खातातर्फ न्यूनतम ३प्रतिशत देखि ५प्रतिशत सम्म ब्याजदर तोकेको छ । यस बैङ्कले असार महिनाको आधार दर ५.८प्रतिशत अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ ।

सेन्चुरी कमर्सियल बैङ्क

सेन्चुरी कमर्सियल बैङ्कले बचतको न्यूनतम ब्याजदर २.७५प्रतिशत र अधिकतम ४.७५प्रतिशत राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ७.७५प्रतिशत कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । यता, बैङ्कको चैत मसान्तसम्मको आधार दर ७.७७प्रतिशत रहेको छ । यसमा ६प्रतिशत सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा दिइने बैङ्कको भनाई छ । स्थिर कर्जाको लागि ११.४९प्रतिशत देखि १२.९९प्रतिशत ब्याज दर निर्धारण गरेको बैङ्कले जानकारी दिएको छ ।

एनएमबि बैङ्क

एनएमबि बैङ्कले बचतको न्यूनतम ब्याजदर २प्रतिशत र अधिकतम ४प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७प्रतिशत र न्यूनतम ५प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१९प्रतिशत रहेको छ । यसमा अधिकतम ५प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने छ ।

एभरेष्ट बैङ्क

एभरेष्ट बैङ्कले बचतको न्यूनतम ब्याजदर २प्रतिशत देखि अधिकतम ४प्रतिशत सम्म तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ८.२५प्रतिशत र न्यूनतम ४.७५प्रतिशत तोकेको छ । चैत मसान्तसम्म बैङ्कको आधार दर ६.१०प्रतिशत छ । यसमा अधिकतम ५प्रतिशत सम्म प्रिमियम थप गरेर बैङ्कले कर्जा दिन्छ ।

हिमालयन बैङ्क

हिमालयन बैङ्कले बचतको न्यूनतम ब्याजदर २प्रतिशत र अधिकतम ४प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतीको न्यूनतम ब्याजदर ४प्रतिशत र अधिकतक ब्याजदर ७प्रतिशत निर्धारण गरेको छ । बैङ्कको चैत मसान्तसम्मको अधारदर ६.७५प्रतिशत रहेको छ । यसमा अधिकतम ५प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैङ्कको भनाई छ ।

सनराइज बैङ्क

सनराइज बैङ्कले बचतमा न्यूनतम २प्रतिशत देखि अधिकतम ३.५०प्रतिशत सम्म ब्याज दिने भएको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७प्रतिशत ब्याज निर्धारण गरेको छ । चैत मसान्तसम्मको बैङ्कको आधार दर ७.२३प्रतिशत रहेको छ । यसमा ६प्रतिशत सम्म प्रिमियम थप गरेर बैङ्कले कर्जा प्रवाह गर्ने जनाएको छ । बैङ्कले स्थिर ब्याजदरको लागि न्यूनतम १०.५०प्रतिशत देखि अधिकतम १३.५०प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी बैङ्क

लक्ष्मी बैङ्कले बचत खातामा न्यूनतम २.५प्रतिशत देखि अधिकतम ४.५प्रतिशत सम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ७प्रतिशत र एक वर्ष माथि ७.५प्रतिशत सम्म ब्याजदर दिन्छ । बैङ्कको चैतसम्मको आधार दर ६.७९प्रतिशत छ । यसमा ५प्रतिशत सम्म प्रिमियम थप गरेर बैङ्कले कर्जा दिन्छ ।

सिद्धार्थ बैङ्क

सिद्धार्थ बैङ्कले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैङ्कले बचतमा न्यूनतम २प्रतिशत देखि अधिकतम ४प्रतिशत सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैङ्कले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६.५प्रतिशत देखि अधिकतम ७प्रतिशत सम्म ब्याजदर दिने भएको छ ।

यता, यसको चैत महिनामा आधार दर ६.९९प्रतिशत छ । बैङ्कले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा ५प्रतिशत सम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैङ्कले न्यूनतम ८.४९प्रतिशत देखि अधिकतम १०.९९प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।

कृषि विकास बैङ्क

कृषि विकास बैङ्कले बचतको न्यूनतम ब्याजदर ३.५०प्रतिशत र अधिकतम ५प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.५०प्रतिशत र न्यूनतम ६.५०प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.४८प्रतिशत रहेको छ । यसमा अधिकतम ५प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैङ्कको भनाई छ ।

प्राइम कमर्सियल बैङ्क

प्राइम कमर्सियल बैङ्कले बचतको न्यूनतम ब्याजदर २.७६प्रतिशत र अधिकतम ४.५०प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.५०प्रतिशत र न्यूनतम ७.७६प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१४प्रतिशत रहेको छ । यसमा अधिकतम ६.९९प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैङ्कको भनाई छ । स्थिर कर्जाका लागि बैङ्कले न्यूनतम १०प्रतिशत देखि अधिकतम ११प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।

एनसीसी बैङ्क

एनसीसी बैङ्कले बचतको न्यूनतम ब्याजदर २.५०प्रतिशत र अधिकतम ५प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८प्रतिशत र न्यूनतम ७प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.४१प्रतिशत रहेको छ । यसमा अधिकतम ५प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैङ्कको भनाई छ । स्थिर कर्जाका लागि बैङ्कले न्यूनतम ९.२५प्रतिशत देखि अधिकतम ११प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।

बैङ्क आफ काठमान्डु

बैङ्क आफ काठमान्डुले बचतको न्यूनतम ब्याज २.५०प्रतिशत र अधिकतम ४प्रतिशत राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७प्रतिशत कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । यता, बैङ्कको चैत मसान्तसम्मको आधार दर ७.६०प्रतिशत रहेको छ । यसमा ५प्रतिशत सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैङ्कले दिइने बैङ्कको भनाई छ ।

नेपाल बङ्गलादेश बैङ्क

नेपाल बङ्गलादेश बैङ्कले बचतको न्यूनतम ब्याजदर २.७५ प्रतिशत र अधिकतम ४ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.७५प्रतिशत र न्यूनतम ७.२५ प्रतिशत निर्धारण गरेको छ । बैङ्कको चैत मसान्तसम्मको आधार दर ९.८९प्रतिशत छ । यसमा अधिकतम ५प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने बैङ्कले जनाएको छ । स्थिर कर्जाका लागि बैङ्कले न्यूनतम ९.९९प्रतिशत देखि अधिकतम १२.९९ प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।

प्रकाशित : १ जेष्ठ २०७८, शनिबार १९:५९