
काठमाडाै । नेपाल धितोपत्र बोर्डले इजाजत पत्र पाएका धितोपत्र दलाल(ब्राेकर), मर्चेण्ट बैंकर र सम्बद्ध सबै पक्षहरुका नाममा नयाँ निर्देशन जारी गरेको छ । बोर्डले बिहिबार एक निर्देशन जारी गर्दै कार्यालयमा ३ जना भन्दा बढी कर्मचारी नखटाउन आग्रह गरेको छ ।
अनलाइन मार्फत सम्पूर्ण धितोपत्र कारोबार गर्न सकिने भएकोले सिष्टम सञ्चालन गर्न बाहेका सबैलाई वर्क फ्रम होमको व्यवस्था मिलाउन सम्बन्धित पक्षहरुलाई बोर्डले अनुरोध गरेको हो ।
बाेर्डले बिहीबार एक सूचना जारी गर्दै सेयर बजारमा सम्पूर्ण सराेकारवालाहरूलाई साे आग्रह गरेको छ । त्यस्तै, नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयबाट जारी गरेका आदेश अनुसारका थप स्वास्थ्य सुरक्षा मापदण्डहरु तथा व्यवस्थाहरु पूर्ण रुपमा पालना गर्न पनि बोर्डले निर्देशन दिएको छ ।
साना लगानीकर्ताहरुको दैनिक घरखर्च आैषधी उपचारको लागि शेयर बेचेको अवस्थामा लगानीकर्ताले अनुरोध गरे तत्काल अवश्यकता अनुसार रकम उपलब्ध गराउन भनेको छ ।






Comment