नेपाल लाइफको नाफा ५० करोड ६६ लाख ६८ हजार, अन्य सूचक कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल लाइफको नाफा ५० करोड ६६ लाख ६८ हजार, अन्य सूचक कस्तो ?



काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  ५० करोड ६६ लाख ६८ हजार खुद नाफा गरेको छ ।

गत वर्षको यसै अवधिको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ८ दशमलव ३६ प्रतिशत बढी भएको हो । गत वर्ष कम्पनीले  ४६ करोड ७५ लाख ७६ हजार यो नाफा गरेको थियो ।


गत वर्षभन्दा साढे ६ प्रतिशत कम  ७४ करोड ६६ लाख २६ हजार कुल आम्दानी गरेको कम्पनीको खर्च पनि गत वर्षभन्दा साढे २७ प्रतिशत कम  २३ करोड ९९ लाख ५८ हजार भएको छ ।

३१ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी वृद्धि गरी ७ अर्ब १९ करोड ९९ लाख ७० हजार पुर्याएको कम्पनीले शेयर खण्डीकरणको योजना बनाएको छ । कम्पनीले प्रतिशेयर रु. ५० कायम गरी शेयर खण्डीकरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ ।

यस वर्ष गत वर्षभन्दा जगेडा कोष रकम भने ५८ दशमलव ८८ प्रतिशत घटेको छ । गत वर्ष  २ अर्ब ७३ करोड २१ लाख ७३ हजार रहेको जगेडा कोष रकम यस वर्ष  १ अर्ब १२ करोड ३४ लाख ३६ हजार पुगेको छ ।

जीवन बीमा कोष रकम पनि गत वर्षभन्दा ३२ प्रतिशत बढी १ खर्ब ७ अर्ब ६१ करोड ७७ लाख २४ हजार कायम भएको छ । 


गत वर्षभन्दा ३५ दशमलव ८७ प्रतिशत बढी २५ अर्ब ३७ करोड ४८ लाख ३४ हजार कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले गत वर्षभन्दा ५० प्रतिशत बढी  ७ अर्ब १४ करोड ७१ लाख ७३ हजार कुल दाबी भुक्तानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी यस अवधिसम्म ९ दशमलव ३८ र प्रतिशेयर नेटवर्थ  १२३ दशमलव ९२ रहेको छ । 

प्रकाशित : ३० बैशाख २०७८, बिहीबार ०९:१६