काठमाडाैँ । आगामी आर्थिक बर्ष २०७८/७९का लागि कृषि क्षेत्रको बजेटमा भारी कटाैती भए पनि अनुदान रकम भने वृद्धि गरिने भएको छ ।
एसोसिएसन आफ नेपाली एग्रिकल्चरल जर्नालिस्ट्स( अनाज)ले आयोजना गरेको भर्चुअल कार्यक्रम मार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसीले आगामी आबको लागि करिब चार प्रतिशत अर्थात ३६ अर्ब २३ करोडको बजेट विनियोजन हुने भए पनि अर्थात १४ अर्ब रकम कृषि अनुदानमा उपलब्ध हुने बताए ।
आगामी महिनामा प्रस्तुत हुने बजेट कृषि क्षेत्रका कुनै नाैलो कार्यक्रम नहुने तर अनुदानमा ठूलै हिस्सा विनियोजन हुने केसीले जनाए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कुल बजेटकाे झन्डै २६ प्रतिशत अर्थात ११ अर्ब युरिया ,डिएपी र पोटास मलमा किसानलाई अनुदान दिने भएको हो ।
नेपाल कृषि अनुसन्धान प्रतिष्ठान (नार्क)का लागि झन्डे चार अर्ब प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि तीन अर्ब २१ करोड विनियोजन हुने भएको हो ।
Comment