सुनचाँदी व्यवसायका धरोहर ज्ञानु राज शाक्यको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदी व्यवसायका धरोहर ज्ञानु राज शाक्यको निधन



काठमाडौँ ।नेपालको सुनचाँदी व्यवसाय क्षेत्रको धरोहरकारुपमा रहेका  व्यवसायी ज्ञानुराज शाक्यको शुक्रवार बिहान निधन भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका निवर्तमान उपाध्यक्ष एवं ललितपुर सुनचाँदी व्यवसायी सङ्घका संस्थापक अध्यक्ष शाक्यको ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारकाक्रममा निधन भएको हो ।

विगत केही महिनायता मिर्गौला लगायतका विभिन्न रोगहरूबाट पीडित शाक्यको उपचारकै क्रममा शुक्रवार बिहान करिब चार बजे निधन भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रवक्ता मनोज कुमार शाहले बताए । 

शाक्यको निधनले नेपालको सुनचाँदी व्यवसायको क्षेत्रमा अपूरणीय क्षति पुगेको शाहले बताए । स्वर्गीय शाक्यले सुनचाँदी व्यवसायी महासङ्घको विभिन्न पदमा रही लामो समयसम्म काम गरेका थिए । स्वर्गीय शाक्यको श्रीमती र एक छोरा छन् ।

उनको पारिवारिक परम्परा अनुसार आजै दाहसंस्कार गरिने उहाँको पारिवारिक श्रोतले जनाएको छ ।यसैबिच नेपाल सुनचाँदी व्यवसायी महासङ्घका कर्मचारी सुनिल श्रेष्ठको पनि असामयिक निधन भएको छ । विगत केही समययता स्वास्थ्य लाभ गरिरहनुभएका श्रेष्ठको बुधवार साँझ आफ्नै निवास भक्तपुरमा अल्पायुमा नै निधन भएको हो । 

प्रकाशित : २४ बैशाख २०७८, शुक्रबार १६:४८