काठमाडौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले निजी क्षेत्रलाई उत्साहित बनाउने गरी सहयोग गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा बोल्दै पौडेलले सो कुरा बताएका हुन ।
मन्त्री पौडेलले भने ”यो सरकारले निजी क्षेत्रको महत्व बुझेको छ । निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, निजी क्षेत्रको मनोवल उच्च बनाउन सरकार उद्दत छ । ” निजी क्षेत्रको कठिनाई बुझ्न चाहान्छ र आगामी वजेटमा निजी क्षेत्रले उठाउंदै आएका समस्या एवं गुनासालाई सरकारले संवोधन गर्छ ।
सरकार निजी क्षेत्रसंग वलियो सहकार्य गरी मुलुकको आर्थिक विकासमा अगाडी बढ्ने र त्यसको आभास निजी क्षेत्रले आगामी बजेट मार्फत गर्न पाउने मन्त्री पौडेलले बताए ।
कार्यक्रममा अर्थ सचिव , शिशिर कुमार ढुंगानाले महासंघले राखेका सुझावहरुलाई गहिरो अध्ययन गरी आगामी बजेटमा समावेश गरिने प्रतिवद्धता जनाए ।
Comment