एनसेलको पुँजीबृद्धि र व्यावसाय विस्तारमा रोक लगाउन निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

Feature News

एनसेलको पुँजीबृद्धि र व्यावसाय विस्तारमा रोक लगाउन निर्देशन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

ncellकाठमाडौं । संसद्को अर्थ समितिले कर नतिरी एनसेललाई पुँजीबृद्धि तथा व्यवसाय विस्तार गर्न नदिन निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले एनसेलको सेयर बिक्रीमा लाग्ने पुँजीगत कर र लाभ कर असुल गरी त्यसको जानकारी समितिलाई गराउन पनि अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले पुरानो कारोबारमा कर असुल उपर नगराउने कर्मचारी तथा सम्बन्धित निकायलाई छानविन गरि कारबाहीको दायरामा ल्याउन सरकालाई निर्देशन दिएको हो ।

समितिले एनसेलको सबै कर असुलउपर नभइ पुँजी बृद्धि गर्न तथा व्यवसाय विस्तारका सबै कार्यहरु रोक्न उद्योग मन्त्रालयलाई समेत निर्देशन दिएको छ ।

प्रकाशित : २१ जेष्ठ २०७३, शुक्रबार १६:२२ 3 June, 2016 4:22 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।