चन्द्रागिरी हिल्सको आइपिओ आजदेखि , कति दिने आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

चन्द्रागिरी हिल्सको आइपिओ आजदेखि , कति दिने आवेदन



काठमाडाै । चन्द्रागिरी हिल्सले आजदेखि सर्वसाधारणका लागि आइपीओ विक्री खुला गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि कम्पनीले आईपीओ विक्री खुला गरेको हो ।


कम्पनीले कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ सर्वसाधारणका लागि विक्री खुला गरिएको छ। कुल कित्तामध्य ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि, ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर बाँकी १३ लाख ९६ हजार २२ कित्ता शेयर सार्वजनिक निष्कासन गरिएको छ ।


यस आइपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १३ हजार ९६० कित्तासम्मका लागि आवेदन गर्न सक्नेछन् । आइपीओ छिटोमा पुस २८ र ढिलोमा माघ ९ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीले निष्कासन गर्ने आइपीओलाई इक्रा नेपालले मध्यम स्तरको जोखिमको संकेत गर्ने ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ ।

प्रकाशित : 8 January, 2021 10:50 am