बैंक अफ काठमाण्डूले मंसिर १५ गते साधारण सभा , यस्ता छन एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक अफ काठमाण्डूले मंसिर १५ गते साधारण सभा , यस्ता छन एजेन्डा



काठमाडाै । बैंक अफ काठमाण्डूले मंसिर १५ गते साधारण सभा र बुक क्लोज मिति आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कार्तिक २० गते सम्पन्न १६७ औं बैठकले बैंकको प्रधान कार्यालय कमलपोखरीमा भिडियो कन्फरेन्स मार्फत साधारण सभा बोलाउने निर्णय गरेको हो ।

बैंकले सभा प्रयोजनका लागि कात्तिक २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । कात्तिक २७ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

बैंकको साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १३ प्रतिशत अर्थात १ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६३६ रुपैयाँ बोनस र कर सहित ३ प्रतिशत नगद अर्थात २५ करोड ६४ लाख ६ हजार ६६२ रुपैयाँ नगद गरी कूल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ५४ करोड ६८ लाख छ । बोनस वितरणपछि चुक्ता पूँँजी ९ अर्ब ९१ करोड ४५ लाख पुग्नेछ ।

प्रकाशित : २३ कार्तिक २०७७, आईतवार १३:०९