कविता- निर्मोहि दशैँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

कविता- निर्मोहि दशैँ



पोहोर परार जस्तै
यसपालि पनि दशै
आयो ढोल बजाई
तर यस पालि कोरोनाले
सबै नेपालि लाई
हायल कायल बनाईरहदा
दशै अाए जस्तो
अाभाष हुन सकिरहेको छैन
सायद मलाई जस्तै
हजुर हरुलाई पनि
न हर्ष छ न खुसी
जताततै अभाव अभावका बिच
खै कसरी व्यतित होला दशै
यस्तै चिन्ता सायद
सबै नेपालीमा भएको हुनुपर्छ
खै एक आपसबाट टाढिएर
मनाउने दशै कस्तो पो होला र
साथि भाई बिच छुट्टिएर मनाउने दशै
के रमाइलो होला र ?
दशै आवस् तर यसपाली जस्तो
निर्मोहि दशै कहिल्यै नआओस्
दुखै दुखका बिच पनि
सबै नेपालीमा खुसयाली छाओस्
विजया दशमी ०७७को हार्दिक शुभकामना ।

२०७७/७/४ बैकुण्ठ दाहाल

प्रकाशित : 21 October, 2020 8:56 pm