स्मार्ट च्वाइस- नेपाल क्लियरिङ हाउसबाट बाहिरिदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

स्मार्ट च्वाइस- नेपाल क्लियरिङ हाउसबाट बाहिरिदै



काठमाडाै । स्मार्ट च्वाइस लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउसको २ लाख ९८ हजार ८० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले मंगलबार (असोज २० गते) देखि प्रतिकित्ता न्यूनतम मूल्य ३५० रुपैयाँमा यो शेयर बिक्री गर्न लागेको हो । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यो शेयर खरिदका लागि क्लियरिङ हाउसका संस्थापकहरु, राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय संस्थाहरु वा सरकारी स्वामित्व रहेको विशेष ऐन द्धारा स्थापित बित्तीय संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसमा असोज २४ गतेभित्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, हात्तिसारमार्ग काठमाडौंमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । यसमा न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र असोज २५ गते गते बिहान १० बजे मुक्तिनाथ क्यापिटल, हात्तिसारमार्ग काठमाडौंमा खोलिने बताइएको छ ।

प्रकाशित : १९ आश्विन २०७७, सोमबार १३:०७