निसानको कार किन्न डाउन पेमेन्ट नचाहिने, २० लाखसम्म छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

निसानको कार किन्न डाउन पेमेन्ट नचाहिने, २० लाखसम्म छुट



काठमाडाै । निसानको गाडी किन्न चाहनेले डाउन पेमेन्ट गर्नु नपर्ने भएको छ । कम्पनीले ल्याएको चाडपर्व लक्षित योजना अन्तर्गत गाडी किन्नेले डाउन पेमेन्ट गर्नु नपर्ने भएको हो ।

निसानको आधिकारीक वितरक पायोनियर मोटो कर्पले ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहकहरूले शुन्य प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्ने छन् ।

साथै ९ महिनासम्मको मासिक किस्ता पनि कम्पनीले नै तिरिदिनेछ । उक्त अफर नलिएको खण्डमा बढीमा २० लाखसम्मको नगद छुट र ३५ हजार ९९९रुपैयाँ बराबरको रेडमी नोट ९ प्रो मोबाइल फोन पाउने छन् ।

साथै, यही योजना अन्तर्गत ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा ५० हजारसम्मको फ्र्रि एसेसोरिज, एक वर्षको निःशुल्क बीमा, १० बर्षको सम्मको फाइनन्सिङ्ग सुविधा, बोस्च हाई प्रेसर वासर, तीन वर्षको वारेन्टि, तिन बर्षसम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, एक वर्षको सडक कर र स्पट एक्सचेन्जको सुविधा पनि लिन सक्नेछन् ।

प्रकाशित : १२ आश्विन २०७७, सोमबार १६:१०