महासंघ उपाध्यक्ष ढकाललाई कोरोना संक्रमण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

महासंघ उपाध्यक्ष ढकाललाई कोरोना संक्रमण



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल कोरोना भाइरसबाट संक्रमित बनेका छन् । ढकालले सामाजिक संजाल फेसबुक मार्फत कोरोना भाइरस पोजेटिभ भएको जानकारी दिएका हुन ।

ढकालले आइतबार स्वास्थ्य जाँचको क्रममा कोरोना पोजेटिभ देखिएको र आफुलाई कुनै लक्षण नदेखिएको जानकारी दिएका छन् । ढकालले घरमा नै आइसोलेसनमा बसेको बताएका छन् ।

प्रकाशित : १२ आश्विन २०७७, सोमबार ०९:१३