हिमालयलाई ग्राउण्ड ह्याण्डिलिङ दिने निर्णय फिर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

हिमालयलाई ग्राउण्ड ह्याण्डिलिङ दिने निर्णय फिर्ता



काठमाडाै । यति समुहको हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डिलिङ दिने निर्णय फिर्ता भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपाल नागरिक उड्डयन प्राधिकरणको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नेकपा निकट निगमको आधिकारिक ट्रेड युनियन ‘नेपाल वायुसेवा निगम कर्मचारी युनियन’ को चर्को दबाब तथा राजनीतिक सम्बाद पछि आज बसेको उक्त बैठकले यति समुहको हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डिलिङ दिने प्राधिकरणको निर्णय फिर्ता भएको हो ।

मन्त्रीले हिमालय एयरलाइन्सको प्राविधिक क्षमता, व्यावसायिक प्रस्ताव, जनशक्तिलगायत सम्पूर्ण कुराको अध्ययन गरेर मात्र थप निर्णय लिन निर्देशन दिनुभएको बुझिएको छ । मन्त्री भट्टराईले यस्ता संवेदनशील निर्णय गर्दा मन्त्रालयको उच्च नेतृत्वलाई जानकारी गराएर मात्र गर्न पनि निर्देशन निर्देशन दिए।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई पनि सँगै राखेर मन्त्री भट्टराईले मन्त्रालयको उच्च तहसँग कुनै पूर्वजानकारी र सहमति नलिई उक्त निर्णय लिएका बारे महानिर्देशकसँग जवाफ मागेको प्राधिकरण जनाइएको छ । केही दिनयता हिमालयलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिइएको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएको थियो । पर्यटनमन्त्री, सचिव र महानिर्देशकबीच भएको सो छलफलमा मन्त्री भट्टराईले मापदण्ड पूरा नगरी ग्राउण्ड ह्याण्डलिङ लिएका अरु कुनै एयरलाइन्स भए पनि तीनको ग्राउण्ड ह्याण्डलिङ सेवा पनि नेपाल एयरलाइन्सलाई दिन निर्देशन दिएका हुन।

प्रकाशित : ११ आश्विन २०७७, आईतवार १४:४१