नेपाल उद्योग बाणिज्य महासंघको साधारणसभाको मिति तय भएको छ । आज शुक्रबार सचिवालय कार्यलय टेकुमा बसेको महासंघको पदाधिकारीको बैठकले मङ्सिर ११ र १२ गते साधारणसभा गर्नलाई सुझाब दिएको हो।
अन्य कुनै प्रतिकुल परिस्तिथि सृजना नभएमा साधारणसभा मङ्सिर ११ र १२ गते नै हुने महासंघले जनाएको छ ।
कोभिड १९ का कारण महासंघको निर्वाचनको मिति धकेलिँदै आएको छ। यसअघि चैत २८ र २९ गते तय भएको महासंघको ५४औं साधारणसभा कोभिड १९ का कारण जेठको पहिलो साता सरेको थियो।
जेठको पहिलो साता हुन नसकेपछि साउन २६ र २७ गतेका लागि तय गरिएको थियो तर कोरोनाको निषेधाज्ञा लागू भएपछि साधारणसभा अनिश्चितकाललाई स्थगित भएको थियो।
Comment