काठमाडौं । नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले केटीएम २०० ड्युक बाइक परिमार्जित रुपमा नेपाली बजारमा विक्री सुरु गरेको छ ।
कम्पनीले बीएस ६ मापदण्डयुक्त २०२० मोडलको केटीएम २०० ड्युक नेपाली बजारमा उपलब्ध गराएको हो ।
२०२० केटीएम २०० ड्युक अपग्रेड गरिएको छ, जुन १२९० सुपर ड्यूकआरबाट प्रेरित छ ।
बाइक हलुका स्प्लिट ट्रेलिस फ्रेम, ट्याङ्क र हेडल्याम्पका साथ अपग्रेड गरिएको छ ।
इन्धन ट्यांककीको क्षमतालाई १०।२ लिटरबाट बढाएर १३।५ लिटर गरिएको छ ।
नयाँ केटीएम २०० ड्युक दुई नयाँ रङको विकल्पः इलेक्ट्रोनिक अरेन्ज र सिरेमिक व्हाइटमा उपलब्ध छ । बाइकको मूल्य ५ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
त्यस्तै बजारमा केटीएम २५० ड्युक पनि बीएस ६ इन्जिनका साथ उपलब्ध छ । यसको मूल्य ६ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
Comment