काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आज प्राधिकरणबाट बिदा भएका छन् ।
उनलाई मंगलबार प्राधिकरणमा कर्मचारीहरुले औपचारिक कार्यक्रम गर्दै बिदाई गरेका हुन् । बिदाइको क्षण उनि भावुक अवस्थामा देखिन्थे । सोमबारको मन्त्रीपरिषद बैठकले कार्यकाल थप नगरेपछि प्राधिकरणबाट बिदा भएका हुन।
प्राधिकरणमा आयोजित कार्यक्रममा घिसिङले सबैको सहयोग र सहकार्यमा आफ्नो ४ वर्षे कार्यकाल सफल भएको भन्दै सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य साथै घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेका कारण घिसिङको पुनर्नियुक्तिको चर्च चलिरहेको छ ।
उनको भदौ २६ गते आइतवारबाट ४ वर्षे कार्यकाल सकिएसँगै सोमबारको मन्त्रिपरिषद बैठकले उनैलाई पुनर्नियुक्ति गर्ने आम आशा भएपनि मन्त्रीपरिषदमा भने कुलमानको विषयमा छलफल नै नभएको बताइएको छ।
Comment