काठमाडाै । चुनाव हारेका नेकपा उपाध्यक्ष बामदेव गाैतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्र पति समक्ष पेश गर्ने निर्णय मन्त्रीपरिषदको बैठकले गरेको छ । यो संगै उनलाई मन्त्री बन्ने बाटो समेत खुला भएको हो ।
डा युवराज खतिवडा पदमुक्त भए पछि रिक्त स्थानमा गाैतम आएका हुन । गाैतम राष्ट्रियसभामा मनोनित सदस्य बनाएर उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय सम्भावना बढेको छ ।
२०७४ मंसिरमा भएको संघीयमा भएको प्रतिनिधिसाभा चुनावमा बर्दिया १ बाट कांग्रेसका सञ्जय गौतमसँग बामदेव गौतम ७ सय ५३ मतले पराजित भएका थिए । कांग्रेस बर्दियाका सभापति रहेका सञ्जयले ४४ हजार ८ सय २९ मत ल्याएका थिए । गौतमले भने ४४ हजार ७६ मत पाएका थिए ।
Comment