हुण्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेतालाई साँचो हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

हुण्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेतालाई साँचो हस्तान्तरण



काठमाडौँ । हुण्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाई फेष्टिभ डिलाइट २०७६’ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ । हुण्डाईले एक समारोहकाबीच नागेश्वरप्रसाद शाह (कुपन नं.१२७२) लाई भेन्यू एस तथा शालिकराम अधिकारी (कुपन नं. ३२९) लाई स्यान्ट्रो मग्ना हस्तान्तरण गरेको छ ।

बम्पर लक्की ड्र को विजेताहरुका साथै दुबई भ्रमण जित्ने १० भाग्यशाली विजेताहरुको छनौट कार्यक्रमका मुख्य अतिथि कञ्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले गरेकी थिइन् ।

१० भाग्यशाली विजेताहरु भरतसिंह पौडेल (कुपन नं. ३९७), चन्द्रमणी पौडेल (कुपन नं. २७५), श्रीजेश घिमिरे (कुपन नं. ९९६), महेश्वर लाल सिंह (कुपन नं. ९९९), कृष्णप्रकाश पौडेल शर्मा (कुपन नं. ९४४), राजु शाह (कुपन नं. ७६), दल बहादुर बिक (कुपन नं. ७४४), बिजय अग्रवाल, गणेश हार्डवेर (कुपन नं. ७१६), एनआइसि एसिया बैंक, निर्भीक सापकोटा (कुपन नं. ११५८) र खातु इन्टर्न्याश्नल प्रालि (कुपन नं. ३५) ले दुबई भ्रमण गर्ने अवसर प्राप्त गरे ।

हुण्डाई फेष्टिभ डिलाइट २०७६ अन्तर्गत हुन्डाईका भाग्यशाली खरिदकर्ताहरुले एक थान स्यान्ट्रो मग्ना, एक थान भेन्यू एस, १० जोडीलाई दुबई भ्रमणसहित स्क्राच कार्ड मार्फत नगद छुट पनि प्राप्त गरेका थिए । सम्पूर्ण विजेताहरुलाई बधाई दिदै लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले हुण्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्ने आफ्ना सम्पूर्ण ग्राहकहरुप्रति आभार व्यक्त गरे ।

सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ ।

प्रकाशित : २९ भाद्र २०७७, सोमबार २०:५४