काठमाडाै । शुक्रबार राजधानीका विभिन्न स्थानमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । कुलेश्वर वितरण केन्द्र अन्तर्गतकाे टेकु – तहाचल फिडरकाे टेकु सबस्टेशन देखी विष्णुमती खाेला सम्मकाे एच टी लाइनकाे कन्डक्टर इन्सुलेटेड कन्डक्टरले वदली गर्नु पर्ने भएकाेले विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको हो ।
प्राधिकरणका अनुसार विहान ११ बजेबाट दिउँसाे ३ बजेसम्म उक्त फिडर अन्तर्गत कालिमाटी, तहाचल,टंकेश्वर, चमती, विजेश्वरी, डल्लू लगायतका क्षेत्रहरु वियुत आपूर्ति बन्द हुने छ । कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ।
Comment