काठमाडौ । सेप्टेम्बर ०१, २०२० मा नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान पुनः संचालन गर्ने निर्णय गरे पश्चात हिमालय एअरलाइन्स्ले सहजैे पि.सी.आर. उपलब्ध गन्तव्यहरु ( छोड्ंछिडं्, क्वालालम्पुर र आबुधावीको उडानहरु संचालन गर्न अनुमति प्राप्त गरेको छ । पि.सी.आर. परिक्षणको उपलब्धता कठिन भएका अन्य उडान वृत्तखण्डहरुमा सरकारको निर्णय अनुरुप नैे चार्टर उडान मार्फत नेपालीहरुलाई स्वदेश फिर्ता गर्ने कार्य सुचारु रहनेछन् ।
उद्धार चार्टर उडान र भाडादर
विदेशमा अलपत्र रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन उद्घार उडानहरुको लागि देहायका सरकारद्धारा स्वीकृत भाडादर लागू हुनेछन् । यी भाडाहरु कर र एजेन्सी कमिशन सहितको हो । तसर्थ, यात्रुहरुलाई प्रकाशित भाडा मात्र तिर्न तथा कसैबाट कुनै प्रकारको अतिरिक्त भाडाको माग भएको अवस्थामा तुरुन्त एअरलाइन्स्लाई जानकारी गराउनु हुन अनुरोध छ । कुनै ट्राभल एजेन्सीले प्रकाशित भाडादर भन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिनेछ ।
नियमित उडान र भाडादर
नियमित उडानहरुका लागि उपलब्ध सीटहरु ग्लोबल ड्रिस्ट्रीब्युसन सिस्टम ९जी. डी. एस.) बाट बुक गर्न सकिनेछ । ट्राभल एजेन्सीहरुले ग्लोबल ड्रिस्ट्रीब्युसन सिस्टम ९जी. डी. एस.) बाट सीटहरु बुक गर्न सक्नेछन् । नियमित उडानको भाडादर प्रतिस्पर्धी मूल्य निर्धारण, उडान अर्थशास्त्र र बजार स्थितिको अध्ययनका साथ अन्तर्राष्ट्रिय अभ्यासमा आधारित रहेको छ ।
नियमित उडानको भाडादर तल दिइउको तालिकामा उपलब्ध छन् । यी दिइएका भाडादर सम्पूर्ण कर सहितको छ तर यसमा एजेन्सी सेवा शुल्क समावेश गरिएको छैन् । ट्राभल एजेन्सीले उपयुतm सेवा लागू गर्न सक्दछ ।
“कोभिड ( १९ को रोेकथामका लागि सामुहिक लडाईमा हिमालय एअरलाइन्स्ले विभिन्न क्रियाकलापहरु ( जस्तै नागरिकहरुको स्वदेश फिर्ता, कोभिड ( १९ को उपचारका लागि स्वास्थ्य उपकरण तथा औषधीको ढुवानी गरी नागरिक र सरकारलाई सहयोग गरेको छ । आफ्ना अमुल्य यात्रुहरुलाई सेवा प्रदान गर्ने क्रममा सरकारको निर्देशन पालना गर्दै उडान भाडादर उपयुतm राख्ने निरन्तर प्रयास रहनेछ” हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो ।
गत मार्च २०२० कोे अन्तिम हप्ता देखि कोभिड – १९ को रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको थियो । तथापि विदेशमा रहेका नेपालीहरुलाई चार्टर उडान मार्फत स्वदेश ल्याउने कार्यलाई भने अनुमति जारी गरेको थियो । यस अवधिमा जुन १६ देखि अगष्ट ३१, २०२० सम्म ९४ वटा उद्घार उडान मार्फत १५,६३५ यात्रुहरुलाई नेपाल फिर्ता ल्याएको छ ।
कोभिड – १९ महामारीको कारणले भएको बन्दाबन्दीले ५ महिना पछि हिमालय एयरलाइन्स्ले दुवै देशको सुरक्षा प्रोटोकल अनुसरण गर्दै हिजो देखि आफ्नो उडान तालिका पुनः सुचारु गरेको छ ।
Comment