काठमाडाै । धितोपत्र कारोबारका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले सञ्चालन गर्दै आएको ‘मेरो शेयर’ मा पटक–पटक समस्या देखिन थालेको छ ।
दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताका लागि सीडीएससीले सञ्चालनमा ल्याएको ‘मेरो शेयर’ले माइ पोर्टफोलियोको सुविधा बन्द गरेको छ ।
मेरो शेयरको माई पोर्टफाेलियाेमा अन्तिम कारोबार मूल्य र अन्तिम क्लोजिङ मूल्य प्राप्त हुन नसकेका कारण साे सुविधा बन्द गरिएकाे जनाएकाे छ।
प्राविधिक समस्या समधानको लागि आवश्यक कार्य भइरहेको सिडीएससीकाे भनाइ छ।
लगानीकर्ताले तथ्यहरु देख्न पाएका छैनन् भने शेयरको कारोबारका लागि आश्वा प्रयोग गर्नबाट पनि लगानीकर्ताहरु बञ्चित भएका छन् । यसअघि पनि मेरो शेयरमा समस्या आएको भन्दै प्रयोगकर्ताले गुनासो गरेका थिए ।
Comment