जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई निरन्तरता दिएको छ । एक साताका लागि अर्थात भदौ २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा बढाइएको हो । तर, अब बजार भने अपरान्ह ४ बजेसम्म खोल्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञासम्बन्धी सूचनामा बजार तथा पसल अपरान्ह ४ बजेसम्म खुदा गर्न पाइने उल्लेख छ । अहिले भने मध्यान्न १२ बजेसम्म मात्र बजार र पसल खुल्दै आएका छन् । शनिबार भने अत्यावश्यक बाहेकका पसल सञ्चालनमा रोक लगाइएको छ ।
सैलुन, ब्युटीपार्लर, गुद्रीबजार, हाटबजार, जिममखानालगायत भने खोल्न नपाइने भएको छ । यस्तै भेला, महोत्सव, जात्राजस्ता सामूहिक गतिविधि गर्न पनि रोक लगाइएको छ ।
Comment